jQuery(document).ready(function($){ //
});

भोजराज घिमिरे | विराटनगर /मोरङ जिल्ला प्रशासन कार्यालय ले खुकुलो निषेधाज्ञाको समय थप गरेको छ । प्रमुख जिल्ला अधिकारी कोष हरि निरौलाको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले मोरङ जिल्ला छैटौं पटक निषेधाज्ञा अवधि थप गरेको हो ।

थपिएको निषेधाज्ञा अवधि मंगलबार विहानदेखि असार को १४ गतेसम्मका लागि विराटनगर माहानगर सहित जिल्ला भरी निषेधाज्ञा लागु गरिएको छ / प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार निषेधाज्ञा थप गरिएपनि दिउँसो १२ बजेसम्म सबै पसल खुला गर्न दिने निर्णय भएको छ । यसअघि अतिआवश्यक पसल र पुस्तक पसल विहान ११ बजेसम्मका लागि खुला गर्ने निर्णय गरेको थियो । कोरोना सङ्क्रमण दर घट्दै गएकाले सबै खालका पसल सतर्कतासहित दिउँसो १२ बजेसम्मका लागि खुला गर्न दिने निर्णय भएको उनले बताए । थपिएको निषेधाज्ञा अवधिमा अत्यावश्यक वस्तुको विक्री गर्दा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विहान ५ बजदेखि अपरान्ह १२ बजेसम्म खोल्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी अत्यावश्यक खाद्यवस्तु, पशु आहार, दाना ओसार पसार तथा विक्री गर्न, दुध तथा दुधजन्य पदार्थको विक्री गर्ने डेरी विहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न को लागि दियेको जनाइएको छ । कोभिड–१९ महामारीको दोस्रो लहर सुरु भएपछि मोरङ प्रशासनले पहिलो पटक वैशाख १८ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय