
दमक ।। २०७८/०३/०९ ।। युथ्स फर नेशन काठमाण्डौ को समन्वयमा दमक २ स्थित हाम्रो बाल आश्रमलाई आज खाद्यान्न सामग्री तथा आर्थिक सहयोग हस्तान्तरण गरेको छ। हाम्रो बाल आश्रममा बसोबास गर्दै आएका बालबालिकाहरूलाई सहज हुने ढंगले यस कोरोना महामारीको बीचमा आर्थिक सहयोग तथा खाद्यन्न सामग्री प्रदान गरिएको छ।

युथ्स फर नेशन् काठमाडौं विगत लामो समयदेखि, सामाजिक कार्यहरुमा जुटी रहेको छ। सोही अनुरूप समस्या आएको भन्ने आकलन भए पश्चात् सामाग्रीहरु हस्तान्तरण गरिएको, युथ्स फर नेशनका प्रवक्ता शुलभराज बरालले जानकारी दिनु भयो। खाद्यान्न सामग्रीहरु उपलब्ध गराउन को लागि आर्थिक सहयोग सामाजिक व्यक्तित्व पुरुषोतम पूरी ज्यूले गराउनु भएको थियो।

उहाँको जन्म दिन पारेर सो कार्य बाल आश्रममा गरिएको हो । तिन हजार नगद सहित निम्न उल्लेखित सामाग्रीहरु हस्तान्तरण गरिएको हो
