jQuery(document).ready(function($){ //
});

किशोर निरौला | मिक्लाजुङ गाउँपालिको बजेट ७० करोड ७१ लाख ८० हजार मधुमल्ला मोरङको मिक्लाजुङ गाउँपालिको आठौं गाउँसभा मार्फत आ.ब. ०७८÷७९ को लागी कुल ७० करोड ७१ लाख ८० हजार बजेट प्रस्तुत गरेको छ ।

बिहिबार मिक्लाजुङ गाउँपालिको ८ औं गाउँ सभामा उपाध्यक्ष सरला राई सो बजेट प्रस्तुत गर्नुभएको हो । जस अन्र्तगत नेपाल सरकार बाट वित्तिय समानीकरण अनुदान ११ करोड ८७ लाख, नेपाल सरकार बाट राजस्व बाँडफाँड ८ करोड ५ लाख ७७ हजार, प्रदेश सरकारबाट वित्तिय समानीकरण अनुदान ६८ लाख ७ हजार, प्रदेश सरकारको सवारी साधान कर बाँडफाँड ४७ लाख ४८ हजार, संघिय सरकारको समपुरक कोषबाट २ करोड ४२ लाख, मालपोत रजिष्ट्रेशनबाट ३५ लाख आन्तरीक श्रोतबाट ६ करोड ५० लाख संञ्चीत कोषमा रहेको रकम ३ करोड ९७ लाख ४८ हजार र शिक्षा तथा स्वास्थ्य आदि विषयगत कार्यालयहरुका लागी सर्शत अनुदान तर्फ ३६ करोड ५७ लाख गरि जम्मा ७० करोड ७१ लखा ८० हजार रुपैया अनुमानित आय ८ औं गाउँ सभामा पेश भएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

जस अन्र्तगत पुँजीगत खर्च २२ करोड ५३ लाख, चालु खर्च ११ करोड ६१ लाख ८० हजार र सर्सत अनुदान ३६ करोड ५७ लाख रहेको छ । यस बर्ष पालीकाले सबै भन्दा बढी रकम सार्वजनीक निर्माण छुट्ट्याएको छ । सार्वजनीक निर्माणमा मिक्लजुङ गाउँपालिकाका महत्वपुर्ण योजनाहरुका लागि १४ करोड ८ लाख रकम बिनियोजन गरेको छ । त्यस्तै कृषी विकाश कार्यक्रममा ४३ लाख ३० हजार, पशु विकाश कार्यक्रममा ६७ लाख,न्यायिक समिति ७ लाख, महिला बालबालीक तथा जेष्ठ नागरिक कार्यक्रम १३ लाख, सामाजिक विकाश कार्यक्रम ४८ लाख, स्वास्थ्य कार्यक्रम ५३ लाख र शिक्षा खेलकुद तथा सस्कृती विकास कार्यक्रममा १ करोड ३० लाख रकम बिनयोजन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय