
लमजुङ्ग- छाउ बसेकी युवती हराएकी छिन् ।
सुन्दरबजार नगरपालिका–८ बलिथुमकी १३ वर्षीया सरिता परियार हराएकी हुन् । हराएकी छोरी खोजिदिन आग्रह गर्दै इलाका प्रहरी कार्यालय भोटेओडारमा परिवारका तर्फ़बाट मंगलबार निवेदन दिइएको बताइएको छ ।
कानुनत: छाउपडी अपराध हो । तर पनि ग्रामीण बासिन्दाहरु जकडिएको पुरातन सोचले गर्दा परिवर्तन अङ्गीकार गर्न राजि छैनन् ।