
भोजराज घिमिरे | मोरङ जिल्ला को बुढीगंगा गाउँपालिका को आठौ गाउँ सभा असार १० गते बिहिबार सम्पन्न सभा गाउपालिका का अध्यक्ष बालचन्द्र माझी नीति तथा प्रस्तुत गर्नु भको थियो । सभा मा उत्कृष्ट कर्मचारी हरु , कृषक, ब्यबसयी हरु लाई दोसला ओडाइ प्रमाण पत्र सहित नगद दस हजार समेत दि सम्मान गरिये को थियो। सो सभा मा सातै वडा का वडाअध्यक्ष सदस्य लगायेत कर्मचारी हरु उपस्थित थिए।
स्वागत मन्तब्य गाउँ पालिका कि उपाध्यक्ष अमृता कुमारी गच्छदार ले गर्नु भको थियो अध्यक्षता गाउँ पालिका का अध्यक्ष बालचन्द्र माझी गर्नु भयो भने कार्यक्रम सन्चाल्न प्रमुख प्रशासकिय अधिकृत डम्बरुबल्भ बराल ले गर्नु भको थियो आगामी आर्थिक वर्षका लागि बुढीगंगा गाउँपालिकाले ५६ करोड ३२ लाख १९ हजार ४ सय ८० रुपैयाँ बजेट प्रस्तुत गरेको छ । आठौँ गाउँसभामा बुढीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृता कुमारी गच्छदारले चालु आर्थिक वर्षको भन्दा कम करिब ५६ करोड ३२ लाख १९ हजार ४ सय ८० रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । आगामी वर्ष चालुतर्फ मालपोत रजिष्ट्रेसन ५ करोड, २ करोड संघीय सरकार समानिकरण अनुदान १४ करोड ५९ हजार, सशर्त अनुदान चालु रु १९ करोड ८७ लाख, समपुरक अनुदान रु ४३ लाख, सशर्त अनुदान पुँजीगततर्फ ४ करोड १३ लाख, राजश्व वाँडफाड ७ करोड ७६ लाख ८१ हजार, प्रदेश सरकार समानीकरण अनुदान रु ८५ लाख ९७ हजार सशर्त अनुदान रु १९ लाख ४३ हजार, समपुरक अनुदान एक करोड, राजश्व वाँडभाड रु ४७ करोड ९८ लाख, ४ सय ८० रुपैयाँ गरी जम्मा रु ५६ करोड ३२ लाख १९ हजार ४ सय ८० रुपैयाँ आय हुने गाउँपालिका अध्यक्ष बालचन्द्र माझीले बताउनुभयो ।
बुढीगंगा गाउँपालिकाले बिगत देखि नै स्थानीय जनताको चाहना अनुरुप वजेट तर्जुमा गरेको उहाँले सभामा प्रष्टपार्नुभयो । गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत डम्बरु बल्ब्भ बरालले युवाहरुको आर्थिक विकास र स्वास्थ्य क्षेत्र र कृषि क्षेत्रमा प्राथमीकतामा रोखेको बताउनुभयो । उहाँले सामुदायिक विद्यालयको पूर्वाधार निर्माण, शैक्षिक गुणस्तर वृद्धी, स्वास्थ्य विमा कार्यक्रम सडक कल्भट लगायतको पूर्वाधार निर्माण मठ, मन्दिरका लागि योजना तय भइसकेको उहाँल बताउनुभयो। संघ–सस्था, सूचना तथा सञ्चार व्यवस्थापन, विपद् व्यवस्थापन, कोभिड व्यवस्थापन, न्यायिक समिति सञ्चालन लगायतका अगामी २०७८÷२०७९ को वजेटमा कार्य तालिकाको खाका प्रस्तुत गर्नुभएको थियो ।