jQuery(document).ready(function($){ //
});

युरोकप फुटबल समूह एफ तर्फको अन्तिम खेलमा पोर्चुगलका स्टार क्रिस्टियानो रोनाल्डोमाथि कोका कोलाको बोतल प्रहार भएको छ । हंगेरीको बुडापेस्टमा बुधबार राति भएको खेलमा फ्रान्सविरुद्ध २ गोल गर्दै खुसीयाली मनाइरहेका रोनाल्डोमाथि अचानक एक समर्थकले कोकको बोतल प्रहार गरेका हुन्। ५८औं मिनेटमा पेनाल्टी क्षेत्रभित्र डिफेन्डर जुल्स कुन्डेले ह्यान्ड गरेपछि रोनाल्डोले पेनाल्टी हान्ने अवसर प्राप्त गरेका थिए।

रोनाल्डोले गरेको प्रहार गोलरक्षक लोरिसले ठम्याउन नसक्दा गोलमा परिणत भएको थियो। सोही समय खुसीयाली बनाउन मैदानको छेउको भाग पुगेका रोनाल्डोमाथि कोकको बोतल प्रहार भएको हो। उनलाई कुनै चोटपटक भने नलागेको बताईएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

यसअगाडी रोनाल्डोले हंगेरीविरुद्धको सुरुवाती खेल अघिको पत्रकार सम्मेलनका दौरानमा चर्चित पेय पदार्थ कोका कोलाको बोतल हटाउँदा यसको असर सेयर बजारमा देखिएको थियो। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय