
काठमाडौं । काठमाडौं इन्टरनेश्नल माउण्टेन फिल्म फेष्टिभल मंसिर २५ देखि २९ गतेसम्म चल्नेछ ।
१७औँ संस्करणका लागि ६९ देशका ४ सय २७ वटा फिल्महरूका प्राप्त भएकोमा २९ देशका ६६ वटा फिल्महरू महोत्सवमा प्रदर्शन गरिनेछन् । सम्पूर्ण कार्यक्रमहरु राजधानीको सभागृह र नेपाल पर्यटन बोर्डको हलमा आयोजना हुने छ ।
महोत्सवको अन्तर्राष्ट्रय प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः २ लाख, १ लाख, ५० हजार र एक लाख रुपैयाँ जित्नेछन् ।हिमाल एसोसिएसनले सन् २००० देखि आयोजना गर्दै आएको फिल्म सन् २०००–२००६ सम्म दुई–दुई वर्षको अन्तरालमा आयोजना भएका थिए ।
सन् २००७ यता महोत्सव प्रत्येक वर्ष आयोजना गरिदैं आएको छ ।महोत्सवको सहआयोजक काठमाडौं महानगरपालिका रहेको छ भने नेपाल पर्यटन बोर्डले प्रवर्द्धन गर्नेछ । महोत्सवका लागि चलचित्र विकास बोर्ड, नेपाल पर्वतारोहण संघ लगायतका संघसंस्थाहरुको सहयोग रहनेछ ।