
इन्द्र प्रसाद ओली, १ नं प्रदेश अध्यक्ष, मौलिक जरोकिलो पार्टी
मौलिक जरोकिलो पार्टी १ नं प्रदेश अध्यक्ष एवम् राष्ट्रिय हिन्दू एकता मञ्चका अध्यक्ष इन्द्र प्रसाद ओलीले अन्तराष्ट्रिय योग दिवसको शुभकामना प्रदान गर्दै भन्नुभएको छ कि योग र आयुर्वेदको उत्पत्ति नैपालमै भएको हो । यो नेपाल भूमिका तर्फबाट विश्वलाई दिइएको महत्वपूर्ण उपहार हो । धेरैलाई भ्रम छ कि योगको जननी भारत हो भनेर तर जतिबेला भारत अस्तित्वमा आएकै थिएन त्यो बेला नेपाल थियो । नेपाल विश्वका सर्वप्राचीन थोरै देशहरूमा पर्दछ भन्ने जानकारी सबै नेपालीलाई हुन जरूरी छ
योगको प्रादुर्भाव र प्रवर्तन नेपालबाट भएको भएता पनि नेपालका शासक प्रशासकको अदुरदर्शीता कारण नेपालले धेरै गौरवका अवसर गुमाउनु परेको छ । नेपालको हिमवतखण्ड नै मानव सभ्यता र मानव सृष्टिको प्रथम स्थान हो । शिव सभ्यता, जनक सभ्यता , बौद्ध सभ्यताले सिञ्चित भूमि हो नेपालको ।
मानव कल्याणका लागि भगवान शिवबाट पहिलो पटक योगको ज्ञान प्राप्त भएको र त्यसलाई नै पतञ्जली ऋषि, गर्ग ऋषि आदिले प्रवर्द्धन गर्नु भएको तथ्यलाई हामीले भुल्नु हुदैन।
बिभिन्न कालखण्डमा असङ्ख्य व्यक्तिहरूको शतत प्रयासले योग विश्वव्यापी आवश्यकता बन्दै गइरहेको छ ।
आफ्नै भूमिको गौरव र मौलिकतालाई नेपाल सरकारले वेवास्ता गरिरहेको छ । नेपालका विद्वान व्यक्तित्व डा• हरि प्रसाद पोखरेल लगायत थुप्रै राष्ट्रभक्त नेपालीले योग दिवसको अन्तराष्ट्रिय मान्यताका लागि नेपाल सरकारसँग पहल गरिदिन अनुरोध गर्नु भएको थियो तर यहाँका शासकहरूले यस प्रति कुनै चासो नै दिएनन् । भारतमा नरेन्द्र मोदी सरकारको नेतृत्वले आज भन्दा सात वर्ष अगाडि संयुक्त राष्ट्रसंघमा योगलाई योगा भनि प्रस्ताव पेश गरेका थिए । नेपालका तत्कालिन प्रमहरुले नेपालको योग प्रति अपनत्वको दावी प्रस्तुत गर्नुको सट्टा भारतको समर्थक बनेर साथ दिन पुगे । नेपालका धार्मिक गुरुहरुले २०३६ सालदेखि योगको अपनत्व ग्रहण नेपालले लिनुपर्छ भनी सरकारलाइ घचघच्याए पनि त्यसको कुनै वास्ता गरिएन । प्रम सुशील कोइराला समक्ष पुग्दा पनि सुनवाई भएन । विदेशी प्रतिमानका अनुयायी र भौतिकवादी चिन्तन र हिंस्रक गतिविधिमा विश्वास राख्ने व्यक्ति शासन सत्तामा रहनु नै हाम्रो दुर्भाग्य बन्न पुग्यो । भारतले योगको सम्बन्धमा कुटिलता गर्दै जति नै दाबी गरे पनि शिव सभ्यताको समय उक्त देश नै अस्तित्वमा थिएन ।
सत्यलाई आत्मसात गर्ने हो भने योगको उत्पति भारतमा भएको होइन । त्यो समय भारत भन्ने देश नै थिएन। त्यसैले योगको उत्पत्ति नेपालको हिमवतखण्डमा भएको हो । नेपालसँग सबै कुरा छ तर सही नेतृत्व नहुँदा आज सुन र हिरा आफूसँग भएर पनि पित्तल र सिल्भरलाई ठूलो देखेका छौ । आफूसँग कस्तुरी भएपनि त्यसको चर्चा गर्न नसकेको अवस्था रहेको छ । आज केही नेपालीहरु विदेशीका कुरा सुनेर, विदेशीकै दाना-पानी खाएर केही नक्कली योगी बनि शिव , पतञ्जली ऋषिको तस्विरसम्म हटाएर विदेशीकै तस्विर राखेर योग गराउन पाउँदा गौरव गरेर बसिरहेका छन् । यस्तो दृष्यले हाम्रो हृदय रोएको छ । केही विदेशी भक्तिमा रमाउने नेपालीको दिमाग र नेपालीको स्वभाव देखेर सम्पूर्ण नेपालीजनहरू हैरान भएकाशछन् । कपुतन्त्रे शासकहरूले सही समयमा ध्यान नदिएकोले योगको अन्तर्राष्ट्रियकरणमा नेपालले स्वामित्व ग्रहण गर्न नसक्दा पछि परेको गुनासो अधिकांश नेपालीले बुझेका छन ।
नेपालका विद्वानहरुले यसलाई अन्तर्राष्ट्रियकरण गर्न पहल गरेता पनि नपाएको र यहाँका शासक नेपालको मौलिक धर्म , संस्कृति बिरोधी भएको फाइदा उठाउँदै भारतले संयुक्त राष्ट्र संघमा पुर्याएर आफ्नो स्वामित्व स्थापित गर्न सफल भएको छ ।
हामीले हाम्रा ऋषिमुनिलाई कहिल्यै सम्मान गरेनौं । हामीले हाम्रो कुरा राखेर विश्वव्यापीकरण गर्न सकेनौं। अन्तराष्ट्रिय योग दिवस मनाउने प्रस्ताव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभयो र अन्तर्राष्ट्रिय मान्यता पायो ।’ नेपालीहरु विदेशी गुरुको तस्विर बोकेर योगा भन्दै तीन फिटमाथि उफ्रदै कुद्न थाले । आफ्नो देशको गौरव, मौलिकता, विशेषता, ज्ञान परम्परा, सभ्यता आदिको बारेमा हामीलाई रत्तिभर आत्मवोध भएन । आफ्नालाई बिर्सेर पराईलाई पुज्ने अभिप्रायमा कुन स्वार्थ लुकेको छ भनेर सोध्ने बेला भइ सकेको छ । योगको ज्ञान दिने जो कोही पनि धन्यवादका पात्र हुनुहुन्छ तर केही नेपालीले शिव , पतञ्जली ऋषिको तस्विर नै हटाएर गर्न खोजेको के हो ? कसले परिपत्र गर्यो ? कसको इसारामा नेपालको गौरव मेटाउने काम हुदैछ ? सम्बन्धित पक्षलाई आफूलाई सुधार्न अनुरोध गर्न चाहन्छु ।
हाम्रा महर्षि पतञ्जलीको जन्म पनि यहीँ भएर अभ्यास पनि यही भूमिमा भएको थियो । यसैगरी योगका मात्रै होइन, आयुर्वेदका महर्षि चरक जस्ता विद्वान यहीँ जन्मिएको थिए । ‘शुश्रुत जस्ता विद्वान यहीँ जन्मिएका हुन। ऋषि विश्वमित्रले मन्त्रहरु पनि यहीँ लेखेका थिए । विश्वमित्र, बाल्मिकी आश्रम यहीँ थियो। सीताले समाधि प्राप्त गरेको देवघाट यहीँ थियो ।’
इतिहास लेखनमा कपुतन्त्रेहरूकै कारण ठूलो गल्ति भएकोले अव इतिहासको पनि नेपाल केन्द्रित दृष्टिकोणबाट पुनर्लेखन हुन जरूरी छ । अहिलेको कपुतन्त्रे पद्धतिको कारणले सत्य कुरा भन्न पनि हच्किने अवस्था छ । खवरदार ! इतिहास र सभ्यतालाई बंग्याउन पाइँदैन।’ इतिहास मेटाउन कसैलाई छुट छैन ।
अन्त्यमा, नेपालको मौलिकता, गौरव, सभ्यतालाई बचाउनको लागि मौलिक प्रतिमानको पुनर्जागरण आवश्यक छ । यो सत्कर्म जरोकिलो महाअभियानले शुरू गरिसकेकोले सबैले सहयोग गर्दै नेपालको केन्द्रीयता स्थापित गरौं ।