
किशोर निरौला | मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. ९ मधुमल्ला बजार पुछारबाट मोटर साइकल चोरीमा संल्गन २ जना सहित १ थान मोटरसाइकल प्रहरीले नियन्त्रमा लिएको छ ।
शनिबार बिहान ६ बजेको समयमा मोटरसाइकल डो¥याउँदै आएका दुई जना देखे पछी इलाका प्रहरी कार्यालय मधुमल्लका प्रमुख प्रहरी नायब निरीक्षक देबेन्द्र फुयाल सहितको टोलीले संका लागी केरकार गर्दा उक्त मोटर साइकल चोरीको भएको थाहा भएका प्रहरी प्रमुख फुयालले बताए । इलाका प्रहरी कार्यालय दमकको हुलीयाका आधारमा संका लागी चेकजाँच गर्दा मोटरसाइकल चोरी गरी ल्याएको खुलेको थियो ।

गएराती करिब ११ बजे दमक नगरपालीका वडा नं. ७ का राजु श्रेष्ठको घरमा पार्कीङ गरी राखेको ठाउँबाट बजाजको आर एस २०० पल्सर को २७ प ९४३६ नं.को मोटर साइकल चोरी भएको थियो । मोटर साइकल चोरीमा संलग्न मोरङ मिक्लाजुङ गाउँपालिका वडा नं. ६ का बर्ष १९ का मिलन कार्की र मिक्लाजुङ वडा नं. ९ का बर्ष १९ कै होमराज कन्दङ्वा लाई नियन्त्रणमा लिएकोे इलाका प्रहरी कार्यालय मधुमल्लका प्रमुख प्रहरी नायब निरीक्षक देबेन्द्र फुयालले बताए । मोटर साइकल चोरीमा संल्गनलाई नियम अनुसार कार्वाहिका लागि इलाका प्रहरी कार्यालय दमक पठार्ईएको इलाका प्रहरी कार्यालय मधुमल्लका प्रमुख देवेन्द्र फुयालले बताए ।