
नेपालको मौलिक खेल बाघचाल खेल्दाका दश फाईदाहरु:- सुशील गौतम।
१. बाघचाल खेल खेल्दा दिमागको अभ्यास हुने हुँदा अल्जाईमर जस्तो रोगबाट बच्न सकिन्छ ।
२.मस्तिष्क भित्र रहेको सूचना लिने तन्तु डेण्ड्राइटको वृद्धिमा सहयोग गर्छ ।
३. यो खेलले बालबालिकाको बौद्धिक स्तर (IQ) बढाउन मद्दत गर्छ ।
४. बालबालिकामा सानो उमेरैमै समस्या समाधानका तरिकाहरु खोज्ने बानिको विकास गर्छ ।
५.यो खेलमा विपक्षीको चाल र आफ्नो चालको योजना बनाउनुपर्ने हुँदा सम्झना सक्ने क्षमतामा वृद्धि गर्छ ।
६.दिमाग लगाउनुपर्ने खेल खेल्दा मस्तिष्कको दायाँ र बायाँ दुवै भाग सक्रिय हुन्छ ।
७. बालबालिकामा सिर्जनाशीलता बढाउने काम गर्छ ।
८. लामो समयसम्म एकनासले ध्यान दिनुपर्ने भएको हुँदा बालबालिकामा ध्यान दिने क्षमतामा वृद्धि गराउँछ ।
९.विपक्षीको चाल, सम्भाव्य स्थान र गोटीको अवस्था बारे निरन्तर थाहा पाउनुपर्ने हुँदा बालबालिकामा दिक ज्ञान (Spatial knowledge) वृद्धि गराउन मद्दत गर्छ ।
१०.यो खेलले बालबालिकालाई योजना बनाउने र दुरदृष्टि राख्नुपर्ने ज्ञान व्यवहारिक रुपमै दिन्छ ।
बाघचाल खेल सिक्न, विद्यालयमा प्रतियोगिता गर्न वा खेलको बोर्ड र गोटी खरिद गर्न सम्पर्क गर्नुहोला ।
प्रगतिवादी युवा समाज नेपाल, बोहोराटार काठमाडौँ, सम्पर्क : ९८१३६९८१०२, ०१४२२१५५५ गर्न सक्नुहुनेछ भने प्रगतिवादी युवा समाज नेपालले गतवर्ष राष्ट्रिय बाघचाल खेल प्रवीण बस्नेतको संयोजनमा सफलता पुर्वक आयोजना गरेको थियो | यो वर्ष पनि विभिन्न विधालयमा आयोजना भैरहेको छ | प्रगतिवादी युवा समाज नेपाल जरोकिलो महाअभियानको विशिष्टीकृत संस्था हो |