
किशोर निरौला | मोरङ लेटाङ असार १५ “धान उत्पादनमा वृद्धि : खाध्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि” भन्ने नाराका साथ १८ औ राष्ट्रिय धान दिवस २०७८ लेटाङ नगरपालिका कृषि विकास शाखाले लेटाङ वडा न ३ रुद्र राईको धान खेतमा धान रोपाई कार्यक्रम सन्चालन गरि मनाईएको छ ।

उक्त कार्यक्रममा लेटाङ नगरपालिकाका उप प्रमुख श्री कृष्ण कुमारी निरौला पोख्रेल ज्यु, प्रमुख प्रशाकिय अधिकृत श्री अच्युत प्रसाद दाहाल,आर्थिक विकास सन्योजक तथा वडा न ३ का वडाध्क्ष्य श्री संतोष कार्की, योजना अधिकृत भुपेन्द्र खनाल, इन्जिनियर भानुभक्त राई र सुवास आचार्य,कृषि शाखा प्रमुख श्री करण श्रेष्ठ र स.ले.पा युवराज श्रेष्ठ र पोषराज आचाॠ लगायत नगरपालिका टोलि र कृशकहरुको सहभागितामा रोपाई कार्यक्रम सम्पन्न गरियो ।
गत वर्ष लेटाङ वडा न ३ मा १७ औ आत्मनिर्भरता र समृद्धि” भन्ने नाराका साथ १८ औ राष्ट्रिय धान दिवस सन्चालन गरि मनाईएको थियो ।