काठमाडौं । नेपालको जेभियर इन्टरनेसनल कलेजले नमूनायोग्य शैक्षिक उपलब्धि हासिलका लागि विश्वस्तरको ‘वल्ड लिडर समिट अवार्ड–२०२१’ प्राप्त गरेको छ । विश्वका कलेजका शैक्षिक योगदानका इतिहास, पृष्ठभूमि र शैक्षिक नतिजाका आधारमा मूल्याङ्कन गरी ‘आउटस्ट्याण्डिङ कलेज अफ द इयर’ का रुपमा पुरस्कृत भएको हो ।
हाल करीब पाँच हजार विद्यार्थी रहेको काठमाडौँको कालोपुलस्थितको सो कलेजले उत्कृष्ट पूर्वाधारसहित युग सुहाउँदो तथा विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादन गर्दै आएको सहप्राचार्य दिपेन दाहालले बताए ।
कलेजका प्रमुख कार्यकारी अधिकृत लोकबहादुर भण्डारीले ‘इन्टरनेशनल सेन्टर फर एक्सिलेन्स इन एजुकेसन र स्पेस–सोसाइटी फर पेर्पेचुएसन अफ आर्ट, कल्चर एन्ड एजुकेसन नामक संस्थाले सो छनोट गरी सो अवार्ड प्राप्त भएको जानकारी आएकाले आफूहरु प्रोत्साहित भएको बताए ।
तत्कालीन उच्चमाध्यमिक विद्यालय शिक्षा परिषद् हाल राष्ट्रिय परीक्षा बोर्डबाट मान्यताप्राप्त भई सन् २००१ मा स्थापित सो कलेजले कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, कानून र मानविकीमा कक्षामा सतप्रतिशत नतिजा निकाल्न सफल भएको छ । साथै, युनिभसिटी अफ क्यामब्रिजको ‘ए’ लेबलमा २००९ र २०१९ मा विश्वको टप रिजल्ट निकाल्न सफल भएकाे जानकारी कलेजका सहप्राचार्य दिपेन दाहालले जानकारी गराए ।