jQuery(document).ready(function($){ //
});

अर्घाखाँची – जिल्लामा पछिल्लो समय ट्राफिक चेकजाँचलाई तिब्रता दिएको छ । कोरोनाको वर्तमान जटिल अवस्थामा अत्यावश्यकबाहेकका सवारी साधनहरु सडकमा देखिन थालेको तथा सवारीसाधनको जोरविजोरको नियमलाइ वेवास्ता गर्नेक्रम बढ्दै जादा पनि ट्राफिक चेकजाँच बढाउनुपरेको उनीहरुको भनाइ रहेको छ साथै बढ्दो सवारी चाप, कमजोर सडकको अवस्था, सवारी चालकको लापरबाही , तिव्र गतिका कारण दुर्घटना बढेको भन्दै नेपाल प्रहरी र ट्राफिक प्रहरी अर्घाखाँचीले दैनिक चेकजाँचलाई कडा बनाउदै आएको छ ।

जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रहरी निरीक्षक सुजन शाहका अनुसार दैनिक चेकजाच साझ ७ बजे देखि १० बजे सम्म हुने बताएका छन । निषेधाज्ञा उल्लंघन गरेर हिड्ने सवारी तथा यात्रुहरुलाइ , मापसे गरि सवारी साधन चलाउने , बिना कागजपत्र सवारी साधन चलाउने , सवारी साधनमा जोर बिजोर लागु नगर्ने , क्षमता भन्दा बढी यात्रु राख्ने जस्ता ट्राफिक नियम उल्लंघन गरेमा कानुन बमोजिम कडा कारबाही गरिने समेत बताएका छन ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय