
बिराटनगर,असार-२७ गते ।
सुनसरी ईटहरी-१ का २४ बर्षीय रबिन चौधरीको हत्यामा संलग्न भई फरार रहेका प्रदिबादी ईटहरी-२ का ३१ बर्षीय उमेश श्रेष्ठलाई पक्राउ गरी कारागार चलान गरिएको छ । मिति २०६५ साल पौष १ गते रबिन चौधरीको ईटहरी-५ स्थित संगम चोकमा धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो ।
घटनाको अनुसन्धान तथा घटना घटाएर फरार रहेका प्रतिबादीहरुको खोजतलासलाई अभियानकै रुपमा तिब्रता दिईसंगै रबिनको हत्यामा संलग्न भई फरार रहेका उमेशलाई हिजो १ नम्बर प्रदेश प्रहरी कार्यालय(प्रादेशिक अनुसन्धान RIT) समुहबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई सम्मानित सुनसरी जिल्ला अदालतबाट कर्तब्य ज्यान मुद्धामा दोषी ठहर भई २० बर्ष कैद भुक्तानका लागी क्षेत्रीय कारागार झुम्का पठाईएको छ ।