jQuery(document).ready(function($){ //
});

नेकपा माओवादी केन्द्रको दल दर्ता खारेजीसहित माग गर्दै निर्वाचन आयोगमा परेको निवेदन खारेज भएको छ। रामबहादुर थापा बादललगायत माओवादी केन्द्र छाडेर एमालेमा गएका नेताहरू निकट समूहले आयोगमा माओवादीको हैसियत गुमिसकेको भन्दै दल दर्ता खारेजी माग गरेका थिए।

आज बसेको आयोगको बैठकले निवेदनअनुसार दाबी नपुगेको भन्दै उक्त निवेदन खारेज गरिदिएको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निवेदनमा भनेजस्तो दाबी नपुगेकोले निवेदन नै खारेज भएको बताए।

RAWA Hills Town Property

RAWA Hills Town Property

गत असार २३ गते सरोज बुढाथोकीले माओवादी केन्द्रको दल दर्ता खारेजीलगायत माग गर्दै आयोगमा निवेदन दिएका थिए भने नेताहरू मणि थापा, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीलगायत आयोग पुगेर उक्त निवेदनबारे के भइरहेको छ भन्ने बुझेका थिए।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र चारै जना आयुक्तहरूको बैठकले आज माओवादी केन्द्र खारेजीलगायतबारे परेको निवेदन खारेज गरिदिएको छ।

‘निवेदनमा गरेअनुसारको दाबी पुग्दैन। दल खारेज हुनुपर्ने कारण अहिले छैन। त्यसकारण निवेदनको सन्दर्भमा कुनै निर्णय गर्नु परेन,’ प्रवक्ता श्रेष्ठले भने, ‘माओवादी केन्द्रको दल दर्ता खारेज गर्नु पर्दैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय