
नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २ सय ३७ जनामा नयाँ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको पाँच हजार ५३५ जनामा आरटी पिसिआर परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।
यो अवधिमा तीन हजार ६८३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ५९४ जनामा सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण २० जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा संक्रमणका कारण नौ हजार ३८२ जनाको मृत्यु भैसकेको छ । पछिल्लो २४ घण्टामा १५३३ जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ९४।५८ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।