

दमक–१० सेतुमारीमा अवस्थित मावाखोलाको पुल हालै आएको वर्षाका कारण भत्किन थालेको छ । तीन वर्षअघि निर्माण भएको पुल वर्षाका कारण भत्किन शुरु गरेपछि दुर्घटनाको जोखिमसमेत बढ्दै गएकामा स्थानीयवासी चिन्तित भएका छन् ।

सो पुल वर्ष दिनअघि मात्र पूर्णरूपमा सञ्चालनमा आएको थियो । सडक भासिएसँगै सो पुलमा अहिले एकतर्फीरूपमा मात्र यातायात सञ्चालन हुँदै आएको र यही अवस्था रहे अबको केही दिनभित्रमा पूरै सडक भत्किएर खोलामा खस्ने र यातायात सञ्चालनमा पूर्ण अवरोध सिर्जना हुनसक्ने खतरा रहेको एक स्थानीय अग्रज बताउनु भयो ।स्थानीय युवाका अनुसार पुल मर्मतमा बेलैमा चासो नदिने हो भने थप क्षति बेहोर्नुपर्ने अवस्था आउन सक्ने बताउनुभयो ।
पुल निर्माण भएको केही महिनामै पुलको छेउ छेउ मा लगाएको ढुङ्गा जाली लाडेको र पुलको संरक्षणमा स्थानीय सरकार र सम्बन्धित सरोकारवाला निकायको ध्यान खासै जान नसकेको त्यै कारण ले पुल संकटमा परेको स्थानियको भनाइ छ ।