jQuery(document).ready(function($){ //
});

बैकिङ कसुर मुद्धामा कैद तथा जरिवाना फैसला भई फरार रहेका १ जना फरार प्रतिवादीलाई पक्राउ गरी कारागार चलान गरिएको छ । ईटहरी उप-महानगरपालिका-९ का ३६ बर्षीय माधव रिसाललाई बैकिङ कसुर मुद्धामा सम्मानित जिल्ला अदालत सुनसरीको २०७७/१०/२६ गतेको फैसला आदेशले ३ दिन कैद र रु.२,२६०००/- जरिवाना फैसला भएको थियो ।

जरिवाना तथा कैद फैसला भएता पनी हाल सम्म फरार रहदै आएका रिसाललाई १ नम्बर प्रदेश प्रहरी कार्यालय(प्रादेशिक अनुसन्धान RIT) समुहबाट खटिएको प्रहरी टोलीले ईटहरीबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई सम्मानित सुनसरी जिल्ला अदालत सुनसरीमा उपस्थित गराई तोकिएको कैद भुक्तानको लागी क्षेत्रीय कारागार झुम्का पठाईएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय