jQuery(document).ready(function($){ //
});

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति निवास शीतल निवासमा सभापति देउवाले तोकिएको २ घण्टा ढिला सपथ लिएका हुन् ।

देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको वक्तव्यमा विवाद देखिएपछि शपथ ग्रहण कार्यक्रम ढिला गरी शुरु भएको हो। ६ बजे शुरु हुने भनिएको कार्यक्रम ८ बजेपछि मात्र शुरु भएको हो । नियुक्तिपत्र सच्चिएपछि उनले सपथ लिएका हुन् । 

RAWA Hills Town Property

RAWA Hills Town Property

सपथ ग्रहण कार्यक्रममा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित रहेका थिए । पूर्वप्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, डा. बाबुराम भट्टराईका साथै माधवकुमार नेपाल पनि राष्ट्रपति कार्यालय पुगेका थिए । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय