
प्रधानमन्त्री शेरबहादुर देउवा नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्न कोटेश्वर पुगेका छन्।
देउवा बुधबार अपराह्न कोटेश्वरस्थित नेपाल निवास पुगेका हुन्। नेता नेपालका स्वकीय सचिव मोहन गौतमले अहिले देउवा र नेपालबीच भेटवार्ता जारी रहेको बताए।
नेपाल समूहका २६ सांसदले समर्थन गरेपछि देउवाले संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्रीमा राष्ट्रपति कार्यालयमा दाबी पेश गरेका थिए। तर, राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई खारेज गरिदिएको थिइन्।
सोमबार सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनस्स्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो। सोहीअनुसार देउवा मंगलबार प्रधानमन्त्री नियुक्त भएका थिए।
अब उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ। नेपाल समूहका सांसदले मत नदिए देउवालाई हालकै अवस्थामा विश्वासको मत पुर्याउन समस्या हुने देखिन्छ।