jQuery(document).ready(function($){ //
});

अर्घाखाँचीबाट एक अभियुक्त १४ वर्षपछि पक्राउ परेका छन्। छिमेकी युवाको हत्या गरेर फरार भएका पाणिनी गाउँपालिका ५ का हुमबहादुर रास्कोटीलाई प्रहरीले कपिलबस्तुबाट पक्राउ गरेको हो।

१४ वर्षअघि उनले पाणिनी ५ मैदानका २१ वर्षीय नारायण बहादुर सुर्यवंशीको हत्या गरेको प्रहरीले जनाएको छ। हत्यापछि उनी फरार थिए। घटनापछि कपिलवस्तु बस्दै आएका रास्कोटीलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको टोलीले पक्राउ गरेको हो।

RAWA Hills Town Property

RAWA Hills Town Property

२०६४ सालमा आफ्नै घरमा सुर्यवंशीको हत्या भएको थियो। हत्यामा संलग्न अन्य दुईजना अझै फरार रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिए।


रिसीबीका कारण ०६४ कार्तिक २६ गते रास्कोटीसहित तीन जनाले सुर्यवंशीलाई बाँधेर कुटपिट गर्दा उनको मृत्यु भएको थियो।

अभियुक्त रास्कोटीलाई अदालतबाट ५ दिन म्याद थप गरी थप अनुसन्धान सुरु गरिएके प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय