jQuery(document).ready(function($){ //
});
  १९ अंक नेपालीहरुका लागि अफाप नै भन्दा हुन्छ । चाहे गतेमा होस् वा तारिख  यो दिनमा इतिहासमा निकै ठूला दुर्घटनाहरु भए । २०५८ जेठ १९ को घटनासंगै  १९ लाई अशुभ मानिएपनि एक राजनीति शास्त्रीका अनुसार बहुदलपछि मात्र हैन २०१९ को  संबिधानसंगै नेपालमा १९ कै दिन थुप्रै घटनाहरु भएका छन् । नेपाली सुगम संगीतका सिरानी व्यक्तित्व स्वर सम्राट नारायणगोपालको निधन अर्थात नेपाली संगीतमा एउटा इतिहासको अन्त्य २०४७ मंसिर १९ ।

    युगले जन्माउँछ सामान्यलाई तर युगलाई जन्माउने बिरलै हुन्छन् भने झै नारायण गोपालको स्वर  र संगीतले मौलिक नेपाली सुगम संगीतको प्रतिनिधित्व गर्छ । काठमाडौंको किलागल टोलमा सम्बत १९९६ साल असोजको १८ गते जन्मनु भएका नारायणगोपाल आफ्ना पिता आशागोपाल गुरुवाचार्यको प्रेरणाले संगीतमा लाग्नुभयो । स्वरसंगै संगीतले पनि नेपाली स्रोताको मन कब्जा गर्न सफल स्वरसम्राटले संगीतमा कहिले सम्झौता गर्नुभएन । त्यस कारण उहाँका गीत फूलको जवानी जस्तोसितको कहानी जस्तो भन्न मन पराउँथे । झण्डै ५ सयभन्दा बढी गीतमा स्वर र ३ सय जति गीतमा संगीत समेत दिनुभएका नारायण गोपालको २०२७ फागुनमा पेमला लामासंग विवाह भएपनि कुनै सन्तान हुन सकेन । अहिले पेमलाको पनि मृत्युपछि केबल उहाँका गीत संगीत मात्र हो स्वर सम्राटको
सम्झना । ४ दाजुभाइ तथा ३ दिदीबहिनी मध्ये एक नारायण गोपालले नेपाली संगीतमा पुर्‍याउनु भएको योगदानस्वरुप दर्जनौ सम्मानबाट सम्मानित हुनुहुन्छ । ५१ वर्षे जीवनायात्रामा उहाँका थुपै्र गोप्य फाइलहरु छन् जसमध्ये  संक्षेपका  १९ रोचक प्रसंग ।

RAWA Hills Town Property

RAWA Hills Town Property

१. नारायणगोपालले स्वरसम्राटका रुपमा विशिष्टता पाउनु भएपनि उहाँको जीवनको पहिलो पुरस्कार भने संगीत बिधाका लागि मिलेको थियो । २०२३ सालमा रेडियो नेपालले प्रदान गरेको ‘सर्वोत्तम संगीतकारको पुरस्कार नै उहाँको जीवनको पहिलो पुरस्कार हो । त्यसको १ बर्षपछिमात्र उहाँले गायनका लागि पुरस्कार पाउनुभएको थियो ।
२. कुस्तीमा निक्कै खप्पिस नारायण गोपाल शारीरिकरुपमा पहलमानका रुपमा कहलिएका थिए । नजिकका साथी नगेन्द्र थापाका अनुसार नारायण गोपालले  कुस्ती पनि सिक्नुभएको थियो ।
३. नेपाली इतिहासमा अहिलेसम्म जनताले नै दिएको विशेषण स्वरसम्राट मात्रै हो । यो कुनै व्यक्ति विशेषले दिएको हैन । सुरुमा  स्वरसम्राट भन्ने कवि भूपि शेरचन हुन् । २०२८ सालमा पोखराको एक कार्यक्रममा भूपिले नारायणगोपललाई स्वरसम्राट भनेर सम्बोधन गरेका थिए । पछि गोरखा दक्षिणबाहु दिंदा राजाले पनि स्वरसम्राट नै उच्चारण गरे । यसरी नारायणगोपाल निर्विवाद स्वरसम्राट नै रहनुभयो ।
४. नारायण गोपाल एक असफल पत्रकार हुन् । २०२८ तिर सुरु गरिएको बाजा, गीत नाचको छोटकरी रुप ‘बागीना’ का व्यवस्थापक तथा सम्पादक समेत रहनु भएका नारायणगोपालले यसलाई ३ अंक भन्दा निरन्तरता दिनसक्नु भएन ।
५. नेवार कुलमा जन्मिएको भएरपनि हुनसक्छ नारायणगोपाल खानामा निक्कै सौखिन हुनुहुन्थ्यो । प्राय: आफूलाई मनपर्ने परिकार आफै बनाउन मन पराउने नारायण गोपाल लाई बदेलको साँधेको मासु साह्रै मन पथ्र्यो । यसैगरी अमिलो, पिरो दुध, घ्यू उहाँलाई साह्रै मन पथ्र्यो । त्यसैले स्वर बिग्रन्छ भनेर यसलाई कहिले छोड्नु भएन । संगीत अन्वेषक प्रकाश सायमीका अनुसार नारायणगोपाल  गुादपाक, पुस्टकारी लिएर टँुडिखेलमा बसेर खानु हुन्थ्यो ।
६. नारायण गोपालले पूर्वपश्चिम राजमार्ग बनेका बेला हेटौंडामा कुल्ली काम समेत गर्नु भएको छ । गीतकार भीम बिरागका अनुसार ‘राती म तबला बजाउँथे उहाँ एक प्याग लगाएर गाउनुहुन्थ्यो, तर किन कुल्ली काम गर्नुभयो थाहा भएन तर लामो समय चाहिँ गर्नु भएन ।’
७. गायक प्रेमध्वज  प्रधान १३ सालतिरको कुरा सम्झदै भन्नुहुन्छ ‘त्यति बेला १२/१३ जनाको हामी एउटा समूह थियौं । नारायण गोपालपनि हाम्रो टिमामा थियो । हामी पालैपालो गाउने अनि बजाउने गथ्यौं जब नारायण गोपालको पालो आउँथ्यो ऊ  गाउन लजाउँथ्यो, बजाइ मात्र रहन्थ्यो ।’
८. नारायणगोपालले युगल गीत गाउन लजाउनु हुन्थ्यो । रत्नशमशेर थापाको शब्दमा सुरु तिरै आफ्नै संगीतमा तारा देवीसंग रेकर्ड गर्नुभएको नारायण गोपालले ‘ए कान्छा ठट्टैमा यो बैंस जान लाग्यो’ बोलको गीत एक अर्कालाई नहेरिकन गएको गीत हो । यतिसम्मकि संगै रेकर्डपनि गरिएको होइन तर पछि युगल गीतमा सबैभन्दा बढी लोकप्रिय गीत बन्यो ।
९. नारायण गोपालको फ्यानको कोटीमा सबै भन्दा धेरै पत्र पठाइरहने युवती हुन पाल्पाकी रुपा प्रधान । प्रकाश सायमी आफ्नो पुस्तकमा प्रकाशित सामग्रीबारे भन्छन्, ‘एक पत्रमा रुपा प्रधानले नारायण गोपाललाई लेखेकी थिइन्, ‘तपाईंको गीतले पाइला रोकिदिन्छ, मुटु झल्काइदिन्छ, आँसु बगाइ दिन्छ अब भन्नुस् म के गरुँ ?’ जवाफमा नारायण गोपालले ठट्ेउलो पाराले लेखनुभएछ ‘नारायणगोपाललाई या त मृत्युदण्ड दिनुपर्छ या त कालापानी पठाउनुपर्छ ।’
१०. नारायणगोपाल एकदिन रेडियो नेपाल पुग्नुभयो । गीत नबजेर भनेर हैन बढी  बजेर । उहाँको ‘यो सम्झिने मन्छ’ बोलको गीत रेडियोमा बढी बज्न थालेपछि उहाँले रेडियोमै गएर कृपया मेरो एउटै गीतलाई धेरै पटक नबजाइ दिनुहोला यसले मेरो गीतको लोकप्रियता घट्छ भन्नुभएछ ।
११. नारायनगोपालको मृत्यु हुनुभन्दा अगाडि नै उहाँको मृत्युको खबर फैलिएको थियो । उहाँको उपचारमा संलग्न चिकित्सक डा. राममान तृषितका अनुसार त्यतिबेला नारायण गोपाललाई आइसीयुमा राखिएको थियो । उहाँको नाडीको गती निक्कै धमिलो थियो कहिले आउने कहिले नआउने । बेलुका नै मृत्युको खबर फैलिसकेछ तर उहाँको निधन मंसिर १९ गते राती सवा ९ बजे भएको हो ।
१२. म सुकिय पोखरी हाइस्कुलमा पढ्थे हाम्रो फोटो आदानप्रदान भइसकेको थिएन मैले उहाँको आधारमा कवि कलाकार भनेको लामो लामो कपाल दारी,अग्लो पातलो यस्तै सोचेको थिए । पछि एकदिन गोपाल योञ्जन दाइले ल नारायणगोपाल आउनुभाको छ हेर्न हिंड भन्नुभयो अनि उहाँले चिनाइ दिनुभयो मैले त उहाँको साथीलाई पो नमस्कार गरेछु मैले सोचेको भन्दा बिपरित पएँ ।
१३. नारायणगोपाल र पेमलाको पहिलो डेटिंग  दर्जिलिङको सुकिय पोखरीमा भएको हो । पहिलो भेटमा नै पेमलाले नारायण गोपाललाई प्रश्न गर्नुभएको रहेछ ‘आजको हाम्रो पहिलो भेटलाई गीत बनाएर गाउन सक्नुहुन्छ ?’ नारायण गोपालले पनि स्वीकारेछन् पछि आफ्नो साथी नगेन्द्र थापालाई परिस्थिति अनुकूलको गीत लेख्न अनुरोध गर्नुभयो । नगेन्द्र थापाका अनुसार उसले यदि तिमीले राम्रो गीत लेखेनौं भने म कहिले पनि तिम्रो गीत गाउँदिन भनेपछि मैले पनि लेखें ‘यो मौसम यो हरियाली’ तर नारायण गोपालले पेमलाकै लागि गाउनु भएको गीत चाहिँ ‘चिनारी हाम्रो धेरै पुरानो’ बोलको गीत हो । यो गीत उहाँले पत्रसंगै पेमलालाई चिनो पनि पठाउनु भएको थियो ।
१४. उचयनचबm ाष्हभम अयmभ कययल मैले पठाएको टेलिग्राफ यही हो । काठमाडौंको एक भेटमा संगीतकार कर्म योञ्जन सम्झिनु हुन्छ मलाई केहीपनि थाहा थिएन दाइले  यति गर्नुपर्छ है भन्नु भो तरपछि यही  देखाएर दर्जिलिङमा मेरो कार्यक्रम हुँदैछ म जानुपर्छ भनेर घरबाट आउनु भएर पेमला संग पो बिहे गर्नुभएछ ।
१५. अन्तर्जातीय विवाहको कारण नारायण गोपालको घरसंगको सम्बन्ध केही समयको लागि बिग्रियो । त्यसपछि उहाँ भूपि शेरचन  घरमा नि:शुल्क बस्दै आउनुभएको थियो । तर नि:शुल्क बस्नु श्रीमती पेमलालाई उचित   नलागेपछि उहाँले पोखराकै मैनादेवी   मा.वि. मा पढाउँदै त्यसैले घर खर्च जुटाउनुभयो ।
१६.नेपाली आधुनिक संगीतका पर्यायबाची स्वरसम्राट नारायणगोपालले औपचारिक रुपमा कसैबाट पनि संगीतको शिक्षा लिनु भएन । आफ्नै पितालाई प्रेरणाको रुपमा लिनुहुने नारायण गोपालले मानविकीशास्त्रमा  स्नातकोत्तर गर्नुभएको थियो ।
१७. नारायणगोपाल आफूलाई मन नपरे पछि कसैसंग पनि डराउनु हुँदैन थियो । कालीप्रसाद रिजाल एक घटना सम्झिदै भन्नुहुन्छ, ‘नारायण गोपालले कति पटक आफ्नै अगाडि गीत मन परेन भनेर च्यतिदिनु भएकोछ ।’
१८. नारायण गोपाल संस्कृतिक संस्थानको महाप्रबन्धक हुँदा कार्यक्रममा ढिलो आएको निहुँमा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यलाई निकाली दिनुभएको थियो । यसबाट नारायण गोपाल मुडी स्वभावको हुनुहुन्थ्यो भन्ने प्रष्ट हुन्छ ।
१९. नारायणगोपाल हँसाउनमा निकै खप्पिस हुनुहुन्थ्यो । प्रेम ध्वजप्रधान भन्नुहुन्छ ‘उहाँ कहिले कसैको शैलीमा समाचार भनेर त कहिले किशोर र रफीको गीत अर्कै सुरमा गएर रमाइलो गर्नुहुन्थ्यो ।
५१ बर्षको उमेरमै उहाँको निधनभयो र नेपाली संगीतको एउटा अध्याय यसरी बन्द भयो २०४७ मंसिर १९ गते । २९औं स्मृति दिवसमा शव्द श्रद्धा ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय