jQuery(document).ready(function($){ //
});

भोजराज घिमिरे | विभिन्न अपराधिक क्रियाकलापमा संलग्न भारतका मोस्ट वान्टेडको फरार सूचीमा रहेका एक जना विराटनगरबाट पक्राउ परेका छन् । जोगबनी नगर पञ्चायत–९ इन्द्रा नगरका ४१ बर्ष का पप्पु कुमार पटेल पेस्तोल र लागूऔषधसहित पक्राउ परेका हुन् ।

भारतीय प्रहरीको फरार सूचीमा रहेको जनाइये को छ प्रहरीको मोस्ट वान्टेट सूचीमा छन्,’ सुरक्षा स्रोतले जानकारी दियो सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट रानी विराटनगरका सशस्त्र प्रहरी निरीक्षक मौसम पोखरेलको कमाण्डमा खटिएको टोलीले विराटनगर वड–१६ हुलास चौक नजिकदेखि पप्पु कुमार पटेल लाई पक्राउ गरिएको हो । सशस्त्र प्रहरीले पप्पुको साथबाट एक थान पेस्तोल सहित अवैध लागूऔषध बरामद गरेको छ । सशस्त्र प्रहरी निरीक्षक पोखरेलले पेस्तोल र लागूऔषधसहित सीमा (जङ्गे सीमा स्तम्भ १८० नम्बर) नजिक डम्पिङ साईटको बाटो भएर नेपाल आउने क्रममा बुधबार राती साढे १० बजे पप्पु पक्राउ गरेको बताए ।

RAWA Hills Town Property

RAWA Hills Town Property

‘पप्पुले पेस्तोल र अवैध लागूऔषध नेपालतिर ल्याउन निक्कै चलाखी गरेको देखियो,’ सशस्त्र प्रहरी बल मोरङका एसपी तिर्थ पौडेलले भने, ‘हुलिया बदलेर कवाडी संकलन गर्न हिँड्ने गरेका रहेछन् । प्रहरीले शंका लागेपछि चेकजाँच गरेको थियो । उनले बोकेको प्लाष्टिकको झोलादेखि पेस्तोल र लागूऔषध बरामद भयो ।’ सशस्त्र प्रहरीले कटुवा पेस्तोल र दुई वटा कालो प्लास्टिकको झोलामा राखेको लागुऔषध एभिल इन्जेक्सन २ सय ९२ एम्पुल र लुपिजेसिक इन्जेक्सन २ सय ९५ एम्पुल बरामद गरेको हो । पक्राउ परेका पप्पुले यसअघि भारतीय व्यापारीहरूसँग पेस्तोल देखाएर चन्दा असुली गरेको आरोप छ । ‘यस अघि पनि पप्पुले भारतमा विभिन्न अपराध गरि फरार अभियुक्त हुन् । खोजी कार्य तिव्र बनाएको छ । उनले भारतमा व्यापारीलाई धम्काउनेदेखि चन्दा असुलीसम्मको अपराधिक धन्दा चलाएर प्रहरीमा परेको उजुरी धेरै रहेको छ । त्यही भएर पप्पु भारतीय प्रहरीको मोस्ट वान्टेट सूचीमा रहेका छन्,’ सुरक्षा स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय