
भोजराज घिमिरे | बिराटनगर महानगरपालिका वडा नं ४ स्थित एयरपोर्ट मोडमा वेवारिसे भेटाइए को अवस्थामा फेला पारेको ५० हजार रुपैया युवतीले प्रहरीलाई बुझाएकि छिन् । बुढिगंगा गाउँपालिका वडा नं १ स्थायी घर भएकी २४ वर्षीय सुनिता कोईराला हुन उनि हाल सौर्य वचत तथा ऋण सहकारी संस्थामा कार्यरत छिन् प्रहरीले उक्त रकम जसको हराएको हो उसले प्रमाण सहित जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गर्न अनुरोध गरेको छ।