jQuery(document).ready(function($){ //
});

भोजराज घिमिरे | बिराटनगर माहानगर बसपार्क स्थित एक चिया पसलमा एक जना महिला मृत अवस्थामा फेला परेकी छिन् । बसपार्कमा चिया पसल सञ्चालन गर्दै आएकी ४० वर्षीया सीता राजवंशी मृत भेटिएकी हुन् ।

प्रहरीका अनुसार चिया पसलभित्र घोप्टो परेको अवस्थामा उनको शव भेटिएको जिल््ला प्रहरी कार्यालय मोरङका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।मृतक महिला बसपार्कमा चिया पसल सञ्चालन गर्दै आएको एक वर्ष भएको थियो । उनका दुई छोरी रहेका छन् । शव भेटिएपछि अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । महिलाको शव पोस्टमार्टमका लागि पठाइएको प्रहरीले जनाएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय