jQuery(document).ready(function($){ //
});

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपालका लागि इजरायलका राजदूत हनन गोडेरले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार भएको भेटवार्तामा उहाँहरुबीच द्विपक्षीय आपसी सम्बन्ध र कोभिड–१९ को सन्दर्भमा मिलेर काम गर्नेलगायत विषयमा छलफल भएको प्रधानमन्त्रीका निजी सचिव बद्रीप्रसाद तिवारीले जानकारी दिनुभयो ।  

RAWA Hills Town Property

RAWA Hills Town Property

सो अवसरमा प्रधानमन्त्री देउवाले दुई देशबीचको मित्रता पुरानो भएको उल्लेख गर्दै आफ्नो नयाँ कार्यकालमा मित्रता थप प्रगाढ बनाउन दुई देशबीच आपसी सहयोग र सहकार्यका लागि आफू सदैव तयार रहेको विश्वास दिलाउनुभएको थियो ।

 त्यस्तै राजदूत गोडेरले प्रधानमन्त्री देउवालाई इजरायल सरकारकोतर्फबाट बधाई तथा शुभकामना दिँदै द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध थप विस्तारका लागि आफ्नो सरकारको पूर्ण सहयोग र सहकार्य रहने बताउनुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय