jQuery(document).ready(function($){ //
});

झापा । झापामा ट्रयाक्टर र अटो ट्याम्पो एक–आपसमा ठोक्किएर दर्घटना हुदाँ दुई जनाको मृत्यु भएको छ ।

भद्रपुरबाट बनियानीतर्फ जाँदै गरेको मे १ त २८२१ नम्बरको ट्रयाक्टरसँग विपरित दिशाबाट आउँदै गरेको मे १ ह ६४१९ नम्बरको ट्याम्पो ठोक्किएर दुर्घटना भएको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

दुर्घटनामा परी भद्रपुर–१ हिमालीचोक निवासी ३८ वर्षीया छविमाया लिम्बू र सोही ठाउँका ४० वर्षीय डम्बरबहादुर लिम्बूको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

मेची राजमार्गको चारआली–केचना सडक खण्डअन्तरगत भद्रपुर–२ स्थित सगरमाथा चोक नजिकै  शुक्रबार अपरान्ह भएको दुर्घटनामा दुई जना घाइते भएका छन् । 

घाइते ट्याम्पो चालक भद्रपुर–१ निवासी ४२ वर्षीय वीरबहादुर लिम्बू र ट्याम्पोमा सवार सोही ठाउँका ३२ वर्षीय नरबहादुर लिम्बूको स्थानीय ओम साई पाथिभरा हस्पिटलमा उपचार भइरहेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय