jQuery(document).ready(function($){ //
});

काठमाडौं, २ साउन । सरकारले लामो दूरीका सार्वजनिक गाडीमा बढाएको भाडा दर सार्वजनिक गरेको छ ।

सरकारले विभिन्न आधार बनाएर अन्तर प्रदेश चल्ने देशभरका रुटमा लागू हुने गरी सार्वजनिक यातायातको नयाँ भाडादर सार्वजनिक गरेको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

विभागले दुई वा सोभन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रिय स्तरका सार्वजनिक यातातात रुटमा सञ्चालन हुने) सार्वजनिक यात्रुबाहक सवारी साधनको भाडादर २८ प्रतिशतले वृद्धि गरेको छ ।

यस्तै पहाडमा चल्ने मालवाहक गाडीको भाडा २० प्रतिशत र तराईमा चल्ने मालवाहक गाडीको भाडा २६ प्रतिशतले बढेको छ ।

बढेको भाडा दर दुई वा दुईभन्दा धेरै प्रदेश भएर चल्ने लामो दुरीका गाडीमा लागू हुनेछ । प्रदेशभित्र चल्ने गाडीको भाडा प्रदेश सरकारले नै तोक्ने अधिकार पाएको छ ।

विभागले काठमाडौँदेखि नेपालगञ्जसम्मको नयाँ भाडादर १ हजार २८६ रुपैयाँ कायम गरेको छ । काठमाडौदेखि पोखराको लागि १ सय ९ रुपैयाँ भाडा बढाएको छ । विभागले साविकको भाडा ४ सय २८ रुपैयाँबाट ५ सय ३७ रुपैयाँ कायम गरेको हो ।

यस्तै, विभागले काठमाडौँदेखि भद्रपुरका लागि १ हजार १७२ रुपैयाँबाट १ हजार ४७० रुपैयाँ, काठमाडौँदेखि भैरहवाका लागि ५ सय ६१ रुपैयाँबाट ७ सय ४, काठमाडौँदेखि महेन्द्रनगरका लागि १ हजार ३३२ रुपैयाँबाट १ हजार ६७१ रुपैयाँ, काठमाडौँदेखि विरगंजका लागि ५ सय ४० रुपैयाँबाट ६ सय ७८ रुपैयाँ भाडादर कायम गरेको छ ।

विभागले तराईको लामो दुरी (२५० किलोमिटर भन्दा बढी) पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रुबाहक बस, मिनिबसको लागि प्रति किलो मिटर प्रति व्यक्ति २ रुपैयाँ ४३ पैसा कायम गरेको छ ।

२५ किलोमिटरदेखि २५० किलोमटिटरसम्म दूरीका पक्की र ग्राभेल बाटोमा सञ्चालन हुने यात्रु बाहक बस, मिनिबसको लागि प्रति किलोमिटर प्रति व्यक्ति २ रुपैयाँ ४९ पैसा र काठमाडौँ–पोखरा र पोखरा–नारायणघाट खण्डको लासग प्रति व्यक्ति प्रति मिलोमिटर २ रुपैयाँ ६७ पैसा कायम गरेको छ ।

२०६९ सालपछि भाडा निर्धारणका अन्य सूचकलाई विगत २०७२ सालदेखि याथावत राखी इन्धनलाई मात्र आधार मानी भाडा समायोजन गरिँदै आएको थियो ।

२०७५ मा पनि बजारको अध्ययनबाट नगरी समग्रमा १० प्रतिशत भाडावृद्धि गरी समायोजन गरिएको थियो । विगत लामो समयदेखि बजार अध्ययन हुन नसकेकोले वैज्ञानिक भाडादर भने लागू हुन सकेको अवस्था थिएन ।

यस्ताे छ सूची

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय