jQuery(document).ready(function($){ //
});

दमक, ३ साउन । नबिल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र (डिबेन्चर) जारी गर्ने भएको छ । बैंकले प्रतिकित्ता १ हजार अंकित दरका ३० लाख कित्ता बराबरको ऋण पत्र जारी गर्न लागेको हो ।

अंकित मूल्य १ हजार रुपैयाँ दरको ऋणपपत्र कम्तिमा २५ कित्ता खरिद गर्नु पर्ने छ। बढीमा सबै खरिद गर्न पाइने छ। बैंकले ३ अर्ब रुपैयाँ अर्थात ३० लाख कित्तामध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने छ। बाँकी सामूहिक लगानी कोषसहित सर्वसाधारणलाई बिक्री गर्ने छ।

RAWA Hills Town Property

RAWA Hills Town Property

ऋणपत्रको व्याजदर वार्षिक ८ प्रतिशत रहने बताइएको छ । यस मध्ये १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गर्ने भएको छ ।

त्यस्तै, १२ कित्ता मध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि र ११ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि जारी गर्ने जनाएको छ । बैंकका अनुसार ऋणपत्र १० साउनसम्ममा निष्कासन गरिने र १३ गतेसम्म आवेदन खुला राखिने जनाएको छ । ढिलोमा २४ साउनमा ऋणपत्र बन्द हुने छ ।

उक्त ऋण पत्रकाे अवधी ७ वर्षको हुने छ । अवधि पूरा भएपछि बक्याैता ब्याज र साँउसहित बैंकले खरिदकर्तालाइ ऋण पत्रकाे रकम फिर्ता गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय