jQuery(document).ready(function($){ //
});

चितवन, खैरहनी नगरपालिका पर्सा चोकमा ना८ ख ३०२४ नम्बरको ट्याङकरले ना ४४ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार खैरहनी नगरपालिका १० बस्ने २३ वर्षीया सृजना चौधरीको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रत्ननगर नगरपालिका का २५ वर्षीया सुवास चौधरीको सोही अस्पतालमा उपचार भइरेहको छ । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी पाँचथर, कुम्मायक गाउँपालिका, तमरकरिडोर सडकमा को २८ प ६८११ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना हुँदा मोटरसाइकलमा सवार तेह्थुम म्याङलुङका ४५ वर्षीय याम बहादुर लिम्वुको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २४ वर्षीय उदय कार्कीको जिल्ला अस्पतालमा उपचार भइरेहको छ । 

RAWA Hills Town Property

RAWA Hills Town Property

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय