jQuery(document).ready(function($){ //
});

दमक, ३ साउन । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले पनि विश्वासको मत दिने भएको छ।

देउवासँगको छलफलपछि ठाकुर पक्षले पनि उनलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

जसपाको उपेन्द्र यादव समूहका तर्फबाट देउवालाई विश्वासको मत दिन १९ जना तयार रहेका बेला ठाकुर समूहका बाँकी १३ जना सांसद पनि तयार भएका हुन्। प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र नै पठाएर विश्वासको मत दिन आग्रह गरेका थिए ।

पत्र पठाएपछि काँग्रेस र जसपा ठाकुर पक्षबीच संघीय संसद् भवनमा छलफल भएको थियो । ठाकुर समूहका एक सांसदका अनुसार मधेसका माग सम्बोधनको प्रतिबद्धतापछि सत्ता गठबन्धनसँग विश्वासको मत दिनेबारे मौखिक सहमति भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय