jQuery(document).ready(function($){ //
});

दमक, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले हतार हतार लिन लागेको विस्वासको मतले धेरै आशङ्का जन्माएको छ ।

 पुनःस्थापित संसदको पहिलो बैठकमै विश्वासको मत लिने प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावले धेरै प्रश्नहरू जन्माएको ठहर एमालेले गरेको छ । 

RAWA Hills Town Property

RAWA Hills Town Property

आज बसेको स्थायी कमिटी बैठकले एमाले विभाजनलाई औपचारिकता दिन हतार–हतार विश्वासको मत लिन खोजिएको भन्दै जस्तोसुकै हालतमा देउवालाई विस्वासको मत नदिने निर्णय गरेको हो । 

बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले प्रवक्ता प्रदीप ज्ञवालीले यसअघि नै पार्टीले प्रतिपक्षमा रहने र सरकारलाई समर्थन नगर्ने भनिसकेकाले विश्वासको मत नदिन सांसदलाई निर्देशन दिइएको बताउनु भयो  । 

ज्ञवालीले १० बुँदे सहमति कार्यन्वयन गरी पार्टी एकताको रक्षाका लागि निरन्तर प्रयास गरे पनि आज कार्यदलसँगको भेटमा माधव नेपालले त्यसलाई अश्वीकार गरेको जानकारी दिनुभयो । 

ज्ञवालीले भन्नुभयो, ‘उहाँले एक्लै भए पनि प्रस्तावको पक्षमा मत दिने कुरा गर्नुभयो । उहाँको तर्फबाट कार्यदलमा रहनु भएका साथीहरुले त्यसो गर्नु उचित नहुने बताउनुभएपनि उहाँले आफू एउटा बिन्दूमा पुगिसकेकाले आफ्नो बहुमत नभएको कमिटीको निर्णय मान्दिन भन्नुभयो ।’

एमाले बैठकममा कार्यदलका सदस्यहरूले माधव नेपालसँगको छलफलको जानकारी गराउनुभएको थियो  । नेपाल अब एमालेमा नफर्किने निष्कर्ष बैठकले निकालेको छ । बैठकले अझै  १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउने प्रयास जारी राख्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय