jQuery(document).ready(function($){ //
});

दमक, ४ साउन । सिडिएस एण्ड क्लियरिङ्ग (सिडिएससी) ले सञ्चालनमा ल्याएको मेरो शेयर प्रणाली नयाँ सुविधा ल्याएको छ । सिडिएससी धितोपत्रको स्वामित्व (अर्थात सेयर होल्ड गरेको) अवधि गणना गर्ने सुविधा ल्याएको हो ।

आर्थिक वर्षको सुरुवातसँगै धितोपत्र बजारमा अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका लागि छुट्टाछुट्टै पुँजीगत लाभकरको व्यवस्था गरिएको छ। नयाँ व्यवस्था लागू भएसँगै सिडिएससीले सोको गणनाको गर्नको लागि उक्त सुविधा गरेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

नेपाल सरकारद्वारा जारी आर्थिक अध्यादेश २०७८ मार्फत आयकर ऐन, २०५८ को दफा ९५(क) मा संशोधन गरी ‘उपदफा (२) को खण्ड (क) मा रहेका ‘बासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको ५ प्रतिशत’ भन्ने शब्दहरुको सट्टा अब ‘बासिन्दा प्राकृतिक व्यक्तिको हकमा ३६५ भन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत र ३६५ दिनभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ७.५’ भन्ने शब्दहरू राखिएको छ।

धितोपत्र बजारमा दीर्घकालीन लगानीलाई प्रोत्साहित गर्न र छोटो अवधिको लगानीबाटै राम्रो प्रतिफल खोज्ने प्रवृत्तिलाई निरुत्साहित गर्न अल्पकालीन लगानीकर्तालाई बढी पुँजीगत लाभकर लगाइएको हो ।

पुँजीगत लाभ भनेको कुनै पनि पूँजीगत सम्पत्ति वा पुँजीगत दायित्वको निसर्ग गर्दा प्राप्त हुने लाभ (वा नोक्सानी भए यस्तो नोक्सानी समायोजन गरी रहेको लाभ वा थप नोक्सानी समेत) लाई जनाउँछ ।

सम्पत्ति वा दायित्वको निसर्ग भन्नाले मुख्यतया यस्तो सम्पत्ति वा दायित्वबाट स्वामित्व हटेको अवस्थालाई जनाउँछ । यस्तो स्वामित्व हट्ने अवस्था सम्पत्ति वा दायित्व बिक्री हुनु, वितरण गरिनु, अन्य सम्पत्ति वा दायित्वमा गाभिनु, पट्टामा दिइनु, रद्द गरिनु, विनाश हुनु, हराउनु, म्याद सकिनु, समर्पण गरिनु, समापन हुनु, दायित्व फछ्र्यौट वा मुक्त हुनु समेतको अवस्थालाई जनाउँछ ।

आफुले बिक्रि गरेको शेयर अल्पकालीन हो वा अल्पकालीन हो भन्ने यकिन गरि ट्रान्सफर गर्नको लागि my purchase source मा my holdings भन्ने अप्सन थप गरिएको छ ।

यसरी छुट्याउनुस् आफ्नो शेयर अल्पकालीन र दीर्घकालीन

my purchase source मा गएर आफुले खरिद गरेको लागत यकिन गरिसकेपछि my holding मा गएर १ वर्ष भन्दा कम अवधिको शेयर भए shurt term अर्थात् ST र १ वर्ष भन्दा बढी होल्ड गरिएको शेयर भए long term अर्थात् LT छनौट गर्नु पर्ने छ ।

यो प्रणालीले अर्थात् सिस्टमले नै छनौट गर्ने छ । तर सिस्टमले दिएको जानकारी गलत भए आफुले नै त्यसलाई उचित कारण वा प्रमाण दिएर सच्च्याउन सकिन्छ ।

त्यस्तै मर्ज वा प्राप्तिमा गएको शेयर भए user defined merger file मा क्लिक गरि मर्जमा गएको कारण छुट प्राप्त हुने छनौट गर्न सकिने छ । त्यसपछि अपडेटमा क्लिक गरि विवरण अध्यावधिक गर्नु पर्ने छ । त्यसपछि ट्रान्सफर शेयरमा क्लिक गरि शेयर ट्रान्सफर गर्नु पर्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय