jQuery(document).ready(function($){ //
});

दमक, 4 साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देउवाले लिएको बिस्वासको मत कबाडीको रिसाइकलबाट भाडा कुडा बटुलेर बनेको ‘टालाटुली बटुली, कति राम्री पुतली’  भन्ने खालको सरकार भएको टिप्पणी गर्नुभएको छ । आज ललितपुरको च्यासलमा जारी केन्द्रीय कमिटीको १० औँ बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सोही अवसरमा अध्यक्ष ओलीले भन्नुभयो,– ‘अब सत्ताको दुरुपयोग गरेर हामी माथी हमला सुरु गर्छन्। जन बिरोधी काम सुरु गर्छन । हाम्रो पंक्तिमाथी हुने संभाब्य षडयन्त्र र आक्रमण अनुमान गरेका छौं।’ उहाँले कांग्रेस बिगत देखिनै आफै आक्रमण गर्ने आफै मुद्धा हाल्ने प्रबृतिको पार्टी भएको बताउँदै भन्नुभयो, ‘माओवादी शिथिल छ, नत्र उ पनि अपराधको कर्मबाट आएको पार्टी हो। हुनत प्रतिपक्ष कसरी अगाडी बढछ भन्ने कुरा हो ।’ 

अध्यक्ष ओलीले आफुहरुले १० बुँदे स्विकार गरेपनि माधब नेपालले नमानेको बताउनुभयो । पटक पटक वार्ताका लागि प्रयास गर्दापनि देउवालाई भोट हालेरै छोड्ने माधव नेपाल कम्युनिष्ट आन्दोलनको गद्दार भएको बताउनुभयो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

उहाँले भन्नुभयो,‘एमाले चिचिलो काँक्रो जस्तो अरुले औंला ठडाएर  देखाउदा झरेर जाने चिज होइन जनताको अपार समर्थन भएको पार्टी हो सबैलाइ याद होस्।’

पार्टीमा गुटबन्दीको महारोगको नेतृत्व गर्ने माधब नेपालहरुले गरेको गद्धारिको लागी कारबाही गर्ने र अन्य फ्लोर क्रस गने सबैलाइ २४ घण्टे स्पष्टिकरण सोध्ने। गल्ति स्विकार गरेर आउने लाइ अन्तिम अबसर दिने उहाँले बताउनुभयो। अर्को बैठक भोलि ३ बजे बसेर बाँकि प्रक्रिया पुरा गर्ने केन्द्रिय सदस्य महेश बस्नेतले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय