jQuery(document).ready(function($){ //
});

दमक, 4 साउन । पर्सा, वीरगंज महानगरपालिका-१९ बर्वाबाट ७९ ग्राम अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने वस्तु सहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पकाहामैनपुर गाउँपालिका-१ धोरे बस्ने ५५ वर्षीय अमेरिका सहनी, सोही ठाउँ बस्ने ४० वर्षीय बरिष्टर सहनी र ५२ वर्षीय राम आदेश सहनी रहेका छन् । ना.१ ब ३५९५ र ना.६२ प १९४२ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय पोखरीयाबाट खटिएको प्रहरीले जाँच गर्दा ना.१ ब ३५९५ नम्बरको मोटरसाइकलको फिल्टर बक्समा उक्त वस्तु फेला पारी सोही मोटरसाइकलका चालक अमेरिका सहनी र ना.६२ प १९४२ नम्बरका मोटरसाइकल चालक बरिष्टर र सोही मोटरसाइकलमा सवार राम आदेशलाई प्रहरीले पक्राउ गरेको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय