jQuery(document).ready(function($){ //
});

दमक, 4 साउन । साताको दोस्रोदिन पनि शेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार नेप्से परिसूचक १३.८० अंकले बढेर २९९४.४२ अंकमा पुगेको हो ।

सोमबार राम्रो र बलिया कम्पनीहरुको मापक सेन्सेटिभ इन्डेक्स भने घट्यो । आज इन्डेक्स ०.०२ अंकले घटेर ५६०.९४ अंकमा झर्यो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

आज २१९ कम्पनीको ३ करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८१ करोड ३१ लाखको कारोबार भयो ।

सोमबार दुई कम्पनीको शेयर मूल्यमा पोजेटिभ सर्किट लाग्यो । सर्किट लाग्नेमा साइनर्जि पावर डेभलपर्स र विशाल बजार कम्पनी रहेका छन् । साइनर्जि पावर डेभलपर्सको शेयर मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै, विशाल बजार कम्पनीको ९.२० प्रतिशत बढ्यो ।

आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट डेबिन्यूटका शेयर धनीले गुमाए । नेपाल इन्भेष्टमेन्ट डेबिन्यूटको शेयर मूल्य ५.८७ प्रतिशत घट्यो ।

सोमबार सबैभन्दा धेरै कारोबार एनआईसी एसिया बैंकले गर्यो । बैंकले सोमबार ३५ करोड ४१ लाखको कारोबार गर्यो । त्यस्तै, नबिल बैंकले ३३ करोड १८ लाखको कारोबार गर्यो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय