jQuery(document).ready(function($){ //
});

दमक, 4 साउन । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

ललितपुरको बालकुमारीस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको कार्यालयमा बसेको केन्द्रीय कमिटीको बैठकले विश्वासको मत दिने २२ सांसदलाई २४ घण्टाभित्र स्पष्टिकरण सोध्ने निर्णय गरेको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा अ‍ोलीले सांसदलाई स्पष्टिकरण सोध्ने प्रस्ताव ल्याएका हुन् । बैठकमा सहभागी अन्य केन्द्रीय सदस्यहरुले पार्टीलाई धोका दिनेलाई तत्काल कारबाही गर्नुपर्ने माग गरेका थिए ।

देउवालाई मत दिनेमा माधवकुमार नेपाल, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, कल्याणी खड्का, मेटमणि चौधरी, भवानी खापुङ, मुकुन्द न्यौपाने, पार्वती विशुंखे, हिरा केसी, कृष्णकुमार श्रेष्ठ किसान, गोपाल बम, प्रेमबहादुर आले, धनबहादुर बुढा, विना बुढाथोकी, सरला यादव, पुष्पाकुमारी कर्ण, लक्ष्मी चौधरी, निरादेवी जैरु, रामकुमारी झाँक्री, कलिला खातुन, सविना हुसेन र कृष्णलाल महर्जन रहेका छन् ।

त्यसैगरी वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष भने अनुपस्थित रहेको बैठकले स्थायी कमिटीले अनुमोदन गरेको कार्यदलको गरेको १० बुँदे सहमतिलाई पनि अनुमोदन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय