jQuery(document).ready(function($){ //
});

झापा।। मेमोरी किङ अर्पण शर्माले गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नयाँ कीर्तिमानका लागि दाबी पेस गरेका छन्।

भद्रपुर नगरपालिका–८ का ३२ वर्षीय शर्माले सन २०१५ मा पहिलो पटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम लेखाउन सफल भएका थिए।

RAWA Hills Town Property

RAWA Hills Town Property

त्यसबेला ४० वटा वस्तुको बारेमा भारतका जयसिम्हा रविलाभाको गिनिज रेकर्ड तोड्दै शर्माले त्यसबेला दमकमा आयोजित गिनिज बुक होल्डरका अगाडि एक मिनेटमा ४२ प्रकारका वस्तु नहेरेर एकैचोटि फररर जवाफ दिएपछि विश्वकीर्तिमान कायम गरेका थिए।

आइतबार बिर्तामोडस्थित सिद्धार्थ होटेलमा पत्रकार सम्मेलन गर्दै शर्माले नयाँ कीर्तिमानका लागि तयारी गरेको जानकारी दिए। उनकै विगतको रेकर्ड नबल पञ्जियारले त्यही विधामा ५४ वटा वस्तुको स्मरण गर्दै कीर्तिमान उछिनेका थिए। अहिले शर्माले पञ्जियारको कीर्तिमान तोड्दै एक मिनेटमा ८३ वस्तुको स्मरण गर्ने दाबी प्रस्तुत गरेको छ।

उनले गत असार २६ गते भद्रपुरस्थित वीरेन्द्र माविमा १ मिनेटमा ८३ वस्तुको स्मरण गरेका थिए। सो कार्यक्रममा नेपाल प्रहरीका निरीक्षक जीवनकुमार मैनाली, लायन्स क्लब अफ भद्रपुरका अध्यक्ष योगेन्द्र पौडेल लगायतको उपस्थिति रहेको थियो।

सो कार्यक्रम स्मरण प्रस्तुतिको भिडियो क्लिपलाई प्रमाणको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डका लागि पठाइसकेको र छानबिनपछि गिनिजको बेलायतस्थित कार्यालयले प्रमाणित गर्ने चलन रहेको शर्माले बताए।

गिनिज बुकमा नाम लेखाएका युवा प्रतिभा शर्मालाई  नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयले २०७२ सालमा राष्ट्रिय युवा पुरस्कार, सन् २०२० मा नेपाल जेसिजले स्वर्ण पदकसहित उत्कृष्ट युवा पुरस्कार र २०७४ सालमा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले वर्ष युवा पुरस्कारले सम्मानित गरिसकेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय