
दमक, 4 साउन । भोजराज घिमिरे । विराटनगर वडा न ५ बिजुली अफिसअगाडि एक जना पुरुष मोटर साइकल मा मृत अवस्थामा भेटिएका छन् । को ४ प २३१६ नम्बरको मोटरसाईकलमा अहिले राति ८ः३० बजे विराटनगर मुनालपथका ४८ वर्षीय सुदर्शन न्यौपाने मृत अवस्थामा भेटिएका हुन् । प्रहरी कार्यालय विराटनगर माहानगर वडा (क)का डिएसपी दिपक कार्कीसहितको टोली घटनास्थलमा पुगेका छन । घटना विषयमा थप अनुसन्धान भईरहेको मोरङ प्रहरीले जनाएको छ ।
