jQuery(document).ready(function($){ //
});

दमक, ५ साउन । म्याग्दे गाउँपालिका-६ स्थित अकला मन्दिरबाट ५ केजीको कालीमाताको मूर्ति १ थान, १ केजीको कालीमाताको मूर्ति १ थान, १ केजी दुर्गा माताको मूर्ति १ थान र १ केजी गणेशको मूर्ति १ थान, शंख १ थान र तरवार १ थान सोमबार राति चोरी भएको छ ।

च्यानल गेटको ताला लगाउने चुक्कल काटी पित्तलले बनेका उक्त मूर्तिहरु लगायतका सामान चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय