jQuery(document).ready(function($){ //
});

 दमक, ६ साउन । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सुरु हुने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा गर्ने निर्णय गरेको हो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

विद्यार्थीले परीक्षा सम्बन्धित विद्यालयबाटै अर्थात होम सेन्टरबाटै दिन पाउनेछन् । परीक्षा भदौ ९ गतेसम्म हुने भएको छ ।

गएको जेठ २६ गतेदेखि सुरु गर्ने तय भएको परीक्षा कोरोना सङ्क्रमण जोखिमका कारण लगाइएको निषेधाज्ञाले गर्दा स्थगित भएको थियो ।

गएको वर्ष बोर्डले ४० प्रतिशतका लागि परीक्षा लिएर बाँकी ४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाका आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कनको आधारमा परीक्षा लिएको थियो ।

यो विधिको आलोचनासमेत भएको थियो । परीक्षा अवधिमा गाइजात्रा र जनैपूर्णिमाको दिन विदा दिने र शनिबार पनि परीक्षा सञ्चालन गरिने भएको छ ।

यस पटक तीन लाख ८६ हजार विद्यार्थीले परीक्षा फाराम भरेको परीक्षा नियन्त्रण कार्यलयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय