jQuery(document).ready(function($){ //
});

 दमक, ६ साउन । अमेरिकी कम्पनी जोनसोन एण्ड जोनसोनको जानसीन् खोप काठमाडौँमा १८ बर्षभन्दामाथिका सबैले पाउने भएका छन् । बुधबार र बिहीबार दुई दिनसम्म १८ वर्ष माथिका नागरिकलाई खोप लगाउने व्यवस्था गरिदिन स्वास्थ्य कार्यलय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले निर्देशन दिएका छन् ।

काठमाडौँमा ५५ भन्दा बढी खोप केन्द्रमा जोनसोन एण्ड जोनसोनको खोप लगाइदैछ । अमेरिकाले कोभ्याक्स कार्यक्रमअन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीको १५ लाखभन्दा बढी खोप ल्याइएको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

देशभरका ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, अपांगता भएका व्यक्तिहरू, नेपालमा बसोबास गरिरहेका शरणार्थी, जोन्सन खोप अनिवार्य गरिएका मुलुक जान लागेका नागरिक तथा पहिलो चरणमा छुटेका स्वास्थ्यकर्मीलाई लगाउँदै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय