झापा, ०६ साउन । बुबाको नाम सोम मुर्मु रहेको अ. वर्ष ६/७ को आफ्नो नाम आईते मुर्मु बताउने बालक मिति २०७८।०४/०६ गते बिहान अं ०७:०० बजेको समयमा जिल्ला झापा ,झापा गा.पा. वडा नं. २ सुगावयान स्थितमा बालक स्थानीयले फेला पारी बुझाएको हुँदा निम्न हुलिया भएको उक्त बालकलाई चिन्नु हुने जो कोही महानुभावहरुले नजिकको प्रहरी कार्यालय वा नि:शुल्क कल १०० मा डायल गरी जानकारी गराई दिनहुन अनुरोध गरिन्छ ।
हुलिया:-वर्ण कालो , उचाई २.५ फिट , सेतो हाप सर्ट र कालो रातो रंङको हापपाईन्ट लगाएको , दुवै खुट्टाको घुडामा घाउ खटिरा आएको अ. वर्ष ६/७ को आफ्नो नाम आईते मुर्मु बताउने बालक ।






