jQuery(document).ready(function($){ //
});

 दमक, ६ साउन । काठमाडौंको भोटेबहाल बाट प्रहरीले १२ जना जुवाडेलाई पक्राउ गरेको छ । बुधवार महानगरीय प्रहरी वृत कालिमाटीका डिएसपी अपील राज बोहरा नेतृत्वको टोलीले दिनेश कुमार शेरचनको घरमा रहेको जुवा खालमा छापा मारेर जुवाडेलाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा ६ महिला र ६ जना पुरुष छन् । काठमाडौं घर भएकी रन्जन प्रधान, बाग्लुङ्गकी श्रृजना खत्री, धादिङ घर भएकी सरिता मल्ल गुरुङ र काभ्रेकी लक्ष्मी बानियाँ सहित १२ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रहरीले उनीहरुको साथबाट २ लाख ९१ हजार नगद र ३ लाख ७० हजार बराबरको चेक बरामद गरेको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय