jQuery(document).ready(function($){ //
});

 दमक, ७ साउन । मुक्तिनाथ विकास बैंकको ऋणपत्र बिक्री खुला भएको छ । बिहीबार साउन ७ गतेबाट बैंकले १ अर्ब २५ करोड रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो ।

यसले १ हजार रुपैयाँ अंकित मूल्यमा १२ लाख ५० कित्ता ऋणपत्र बिक्रीमा ल्याएको हो । यसमध्ये ५ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । वार्षिक ८.७५ प्रतिशत ब्याजदर पाइनेछ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

बाँकी ७ लाख ५० हजार इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघ–संस्थालाई बिक्री गर्नेछ । बैंकले ७ वर्ष अवधिको मुक्तिनाथ विकास बैंक डिबेन्चर जारी गरेको हो । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल मार्केटले गरेको छ।

सो ऋणपत्र खरिदका लागि छिटोमा साउन ११ गतेसम्ममा आवेदन दिनुपर्नेछ। सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि साउन २१ गतेसम्म लम्बिनेछ। लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन्।

बैंकको ऋणपत्रलाई कियर रेटिङ नेपालले कियर एनपी बीबीबी आइएस रेटिङ दिएको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको भन्ने जनाउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय