jQuery(document).ready(function($){ //
});

दमक, ७ साउन । सुनसरी धरानको छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित औषधी सहित २ जनालाई पक्राउ गरिएको छ ।हिजो बेलुका ४ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धरान १० मा सटर भाडा लिई जनता ग्यारेज संचालन गरी बस्ने सोही स्थानका ३० बर्षीय नविन चौधरी उनकै ग्यारेजमा लुकाई छिपाई राखेको प्रतिबन्धित औषधी Spaspain – १००० ट्याव्लेट, Opatab-50 – ४०० ट्याव्लेट र Tramadol Hydrochloride -२२ ट्याव्लेट सहित चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

त्यस्तै हिजो राती साढे ११ बजे धरान १६ नौलो बस्तीका २४ बर्षीय प्रभु साहलाई Spa Spain – १४५ ट्याव्लेट, र Tramadol – १६३ ट्याव्लेट सहित पक्राउ गरिएको छ । पक्राउ परेका तिनै जना उपर ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

RAWA Hills Town Property

RAWA Hills Town Property

१ नम्बर प्रदेश प्रहरी कार्यालय, बिराटनगर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय