
दमक, ७ साउन । निषेधाज्ञा खुकुलो भएसँगै दमकमा संक्रमित बढेका हुन् । दमक नगरपालिका स्वास्थ्य शाखाकाको रिपोर्ट अनुसार दमकमा हाल ४ सय ४९ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समयमा दमकमा संक्रमितको दर घटेता पनि निषेधाज्ञालाई खुकुलो भएसँगै संक्रमित फेरि बढेका हुन् ।
चैत २५ गते यता २ हजार ६ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा २ हजार १ सय ७७ जना संक्रमण मुक्त भएका छन् । २१ पुरुष र १४ महिला सहित दमकमा ३५ जना संक्रमितको मृत्यु भएको दमक नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । दमकमा हाल रहेका २ वटा कोभिड उपचार गर्ने अस्पतालमा ४९ जना बिरामी उपचाररत छन् ।