jQuery(document).ready(function($){ //
});

दमक, ७ साउन । नेकपा एमालेका नेता माधवकुमार नेपालले आफुले गरेका गतिविधिलाई  वैचारिक र राजनीतिक अन्तरविरोधका रूपमा बुझ्न भन्दै अध्यक्ष ओलीलाई जवाफ पठाउनुभएको छ । 

पार्टीले सोधेको स्पष्टिकरणको जवाफ लेख्दै नेपालले आफुले संसद र संविधान जोगाउन गरेका राजनीतिक क्रियाकलाप विधान विपरीत नभएको दाबी गरेका हुन् । 

RAWA Hills Town Property

RAWA Hills Town Property

नेपालले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरणको जवाफ दिँदै नेपालले आफुहरुको कदम नेपालको संविधान, पार्टीको विधान, सर्वोच्च अदालतको फैसला र लोकतान्त्रिक मान्यता अनुकूल रहेको दाबी गर्नुभएको हो   ।  नेता नेपालले भन्नुभएको छ, ‘यसलाई राजनीतिक अन्तरविरोधका रूपमा बुझ्दै सोही अनुसार वार्ता, छलफल र सहमतिमा पार्टीलाई एकताबद्ध बनाउन आवश्यक छ ।’

नेपालले लोकतात्रिक मूल्य मान्यता अनुसार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको दाबी गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय