jQuery(document).ready(function($){ //
});

।। भोजराज घिमिरे ।। मोरङ्ग ।। प्रदेश १ मा यो बर्ष ७ हजार भन्दा बढी मुद्दा दर्ता भएको छ । १४ जिल्ला रहेको प्रदेशमा आर्थिक वर्ष २०७७/०७८ मा १४ जिल्लाका प्रहरी कार्यालय हरु बाट ७ हजार ३ सय ८४ वटा मुद्दा दर्ता भएका छ ।
दर्ता भएका मध्ये ३ हजार ७ सय २९ मुद्दा फच्र्छौट र ३ हजार ६ सय ४५ मुद्दा फच्र्छौट हुन बाँकी रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिनु भयो को छ ।फैसला कार्यान्वयन तर्फ विभिन्न अपराधमा सजाय तथा जरिवाना फैसला भई फरार रहदै आएका ७ सय ४३ जना फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ परेका फरार प्रतिवादीबाट ७ सय ३५ बर्ष कैद भुक्तान भई, ४ करोड ४३ लाख ५८ हजार ९ सय २७ रुपैयाँ राजश्व संकलन भएको जना को छ । यसैगरी लागुऔषध नियन्त्रण तर्फ विशेष ध्यान दिई ब्यापक रुपमा प्रहरी परिचालन गरेर ३ हजार ५ सय १६ ग्राम लागूऔषध ब्राउनसुगर बरामद भएको प्रदेश १ प्रहरी कार्यालये जनाएको छ ।
१ हजार ७ सय ९.१११ केजी गाँजा बरामद भएको छ । यसैगरी विभिन्न मनोद्धिपक क्याप्सुल ५० हजार २५५ ट्याब्लेट बरामद भएको भने मनोद्धिपक सुई १० हजार ३५ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी २ हजार ४२३ रोपनीमा लगाएको गाँजा खेती फडानी गरी ८ लाख ७६ हजार ८६३ गाँजाका बोट प्रहरीले नष्ट गरेको थियो ।

RAWA Hills Town Property

RAWA Hills Town Property

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय