
आज सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला तीन सय बढेको हो । आज छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ । महासंघका अनुसार तेजावी सुन ९१ हजार ६ सयमा कारोबार भइरहेको छ ।
चाँदी तोलाको १ हजार २८० निर्धारण गरिएको छ ।